+
Search

ताजा अपडेट +

पपुलर +

मनकामना खुल्ला दिशामुक्त घोषणा

Declared free of open defecation
डबली खबर
९ साल अगाडी

मनकामना, २१ असार । नुवाकोट जिल्लाको सबै गाविसलाई सन् २०१६ भित्रमा खुला दिसामुक्त क्षेत्र घोषित गरिसक्ने अभियान अन्तर्गत नुवाकोटका मनकामना गाविसलाई आज खुला दिसामुक्त गाविस घोषणा गरिएको छ ।

मनकामनामा आयोजित कार्यक्रममा नुवाकोट क्षेत्र नं. ३ का सासंद बहादुरसिंह लामाले मनकामना गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्नु भएको हो । त्यस अवसरमा उहाँले थोरै जनसङ्ख्या, तीन नम्बर निर्वाचन क्षेत्रकै पिछडिएको गाविस मनकामनाका सबैको घरमा शौचालय निर्माणले विकासमा नयाँ आयाम थपेको बताउनुभएको छ ।

खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा गाविस सचिब हक हित केन्द्र नुवाकोटका अध्यक्ष महेन्द्र नेपाल, डिकोन नेपालका कार्यक्रम अधिकृत चोकराज शाक्य, नेकपा एमाले जिल्ला सदस्य श्रीमाया लामा, विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधिहरु, स्थानिय समाजसेवी लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सहयोग गर्ने सबै संघसंस्था र स्थानिय समाजसेवी व्यक्ति तथा सहजकर्ताहरूलाई सम्मान गरिएको थियो ।

– गोसाइँकुण्ड सञ्चार

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ