+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षकको परीक्षालाई मर्यादित बनाउने, फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

डबली खबर
७ साल अगाडी

काठमाडौँ / आगामी असोज ११ गतेदेखि संचालन हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट दिन नपाइने व्यवस्था गरेको शिक्षक सेवा आयोगले जनाएको छ ।

Logo of Teachers Service Commisionआयोगले शिक्षकको परीक्षा असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षाको लागि करीब २ सय २५ परीक्षा केन्द्र हुने तोकिने भएको छ । त्यस्तै, एउटा परीक्षा केन्द्रमा १ केन्द्राध्यक्ष, २ सहायक केन्द्राध्यक्ष र ११ निरीक्षक रहने व्यवस्था मिलाएको छ ।

सबै परीक्षा हुने जिल्लामा आयोगले अबको एक हप्ताभित्र  उत्तरपुस्तिका पठाइने छ । कूल १२ हजार ७ सय ५६ पदका लागि २ लाख ७७ जना परीक्षार्थी रहेका छन् । सबभन्दा बढी प्राविमा एक लाख ५८ हजार, निमावीमा ८१ हजार र माविमा ३८ हजार परीक्षार्थी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ