+
Search

ताजा अपडेट +

पपुलर +

टुरिजम गाभिएपछि मेगा बैंकको बोनस सेयरमा परिमार्जन, यस्तो छ नयाँ बोनस

Mega Bank
डबली खबर
७ साल अगाडी

काठमाडौं । मेगा बैंकले यस अघि घोषणा गरेको बोसन सेयरलाई संसोधन गर्दै नयाँ लगानीकर्ताका लागि नयाँ बोनस सेयर घोषणा गरेको छ ।

यस अघि मेगा बैंक र टुरिजम डेभलपमेन्टले छुट्टा छुट्टै बोनस सेयर घोषणा गरेकोमा हाल दुबै बैंक एकआपसमा गाभिई एकिकृति कारोबार समेत भइसकेकाले नयाँ मौजुदा बोनस सेयरको प्रस्तावलाई खारेज गर्दै नयाँ बोनस सेयर प्रस्ताव गरिएको बैंकले जानकारी दिएको छ ।

बैंक संचालक समितिको सोमबार बसेको बैंठकले आफ्ना सेयर धनीलाई हाल कायम रहेको चुक्ता पूँजीको १० दशमलव ७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त बोनस सेयरलाई बैंकको आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर सेयरधनीलाई वितरण गर्ने भएको छ । (बिजखबर)

TDBL Merger

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ