+
Search

ताजा अपडेट +

पपुलर +

पशुपन्छी औषधि व्यवसायी सङ्घको उपाध्यक्षमा थापाको उम्मेदवारी

डबली खबर
१४ मिनेट अगाडी

मङ्सिर ८, नुवाकोट । नेपाल पशुपन्छी औषधि व्यवसायी सङ्घको आसन्न १५औँ राष्ट्रिय महाधिवेशनमा कोषाध्यक्ष दिवेश थापाले आयाततर्फको उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

यहि मङ्सिर २५ देखि सुरु हुने अधिवेशनमा थापाले सङ्घको आगामी नेतृत्वमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनले संगठनभित्रको अनुभवलाई थप प्रभावकारी रूपमा प्रयोग गर्ने उल्लेख गरे।

उनले सङ्घभित्र देखिएका गुटगत गतिविधिलाई निरुत्साहित गर्दै समग्र व्यवसायीको बृहत्तर हितमा काम गर्नुपर्ने आवश्यकता औँल्याए। व्यक्तिगत स्वार्थ र समूहगत प्रभावभन्दा माथि उठेर संस्थाको उद्देश्य, व्यवसायीका समस्या र साझा हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

पशुपन्छी औषधि आयात तथा वितरणसम्बन्धी नीतिगत जटिलता, प्रशासनिक समस्या र व्यावहारिक कठिनाइ समाधानमा सङ्घले प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताए।

सङ्घलाई कुनै व्यक्ति वा समूहको स्वार्थमा सीमित नराखी समग्र व्यवसायीको साझा संस्था बनाउने उद्देश्यसहित उम्मेदवारी अघि सारेको उनले जनाए।

महाधिवेशन नजिकिँदै गर्दा सङ्घको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढिरहेको छ भने विभिन्न पदमा उम्मेदवारी घोषणा हुने क्रम जारी छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ