+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा विश्व जुडो दिवस मनाइयो

सुनील श्रेष्ठ
२१ मिनेट अगाडी

कात्तिक ११, नागटारी, बट्टार । नुवाकोटमा बेत्रावती जुडो डोजोले बुधबार विश्व जुडो दिवस मनाएको छ ।

हरेक वर्ष अक्टोबर २८ मा मनाइने दिवसका अवसरमा नेपालमा पनि एक कार्यक्रम गरी मनाएको हो ।

डोजोका प्रशिक्षक सञ्जित डङ्गोलले विदुर नगरपालिकाको बट्टारस्थित तेक्वान्दो कबर्ड हलमा जुडो दिवस मनाएको जानकारी दिए ।

गत भदौ १० गते बाढीमा परी उक्त डोजोका जुडो खेलाडी १२ जनाले ज्यान गुमाएका थिए। सोही कार्यक्रममा जुडो खेलको विकास र प्रवर्द्धनका साथै दिवंगत व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

कार्यक्रममा तेक्वान्दो डोजाङ्ग नुवाकोटका अध्यक्ष रामहरी पाण्डे, तेक्वान्दो प्रशिक्षक हरिहर पाण्डे, बेत्रावती जुडो डोजोका अध्यक्ष गङ्गाबहादुर डङ्गोललगायत खेलाडी, अभिभावकले सहभागीता जनाएका थिए ।

जुडोका संस्थापक जापानी खेलकुदकर्मी जिगोरो कानोको जन्मदिनको अवसर पारेर विश्व जुडो दिवस मनाउने गरिन्छ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ