कात्तिक १०, नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले भाद्र महिनाभरि खानेपानी सेवा सञ्चालन गर्न नसकिएको भन्दै उक्त महिनाको न्यूनतम महसुल छुट दिने निर्णय गरेको छ।
संस्थाले गत भाद्र १० गते आएको बाढीका कारण उक्त अवधिमा सेवा सञ्चालन गर्न नसकेकोले महसुल छुट गर्ने निर्णय गरेको अध्यक्ष संजिवबहादुर श्रेष्ठले बताए । संस्थाले उपभोक्तालाई १५ युनिट बराबरको न्यूनतम महसुल छुट दिने निर्णय गरेको उनले जानकारी दिए।
बाढीका कारण पानीको स्रोत र पाइपलाइनमा क्षति पुगेपछि नियमित सेवा दिन नसकिएकाले यो सुविधा दिइएको संस्थाका व्यस्थापक राजकुमार तिमिल्सिनाले बताए ।
बाढीका कारण सेवा अवरुद्ध भएको महिनामा उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी न्यूनतम महसुल छुट दिने निर्णय गरिएको उनले बताए ।
यो निर्णय विदुर नगरपालिका क्षेत्रका खानेपानी उपभोक्तालाई राहत दिनका लागि गरिएको संस्थाले जनाएको छ ।