+
Search

ताजा अपडेट +

पपुलर +

अकेला अधिकृतमा बढुवा

डबली खबर
२ घण्टा अगाडी

असोज २०, नुवाकोट । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना नायब महाप्रबन्धक बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।

अकेला बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा बढी अनुभव राख्छन्। उनले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करियर सुरु गरेका थिए। सन् २००६ देखि उनी ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।

बैंकमा रहँदा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन र आन्तरिक लेखापरीक्षण जस्ता विभागको जिम्मेवारी सम्हालेका छन्। हाल उनी बैंकको प्रमुख जोखिम अधिकृतको रूपमा कार्यरत थिए।

यसका साथै उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत छन्। उनीले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन्।

बैंकले अकेलाको अनुभव र जोखिम व्यवस्थापनसम्बन्धी दक्षताले सेवा प्रवाहलाई थप सुरक्षित र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ