+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा मनाइयो १२औँ विश्व योग दिवस

12th International Yoga Day celebrated grandly in Nuwakot
डबली खबर
५ मिनेट अगाडी

असार ७, नुवाकोट । “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने नारासहित नुवाकोटमा बाह्रौं विश्व योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

विश्व योग दिवस जिल्ला आयोजक समितिले आज आईतबार विदुर नगरपालिकाको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा दिवसको अवसरमा विशेष योग शिविर कार्यक्रम गरेको हो ।

कार्यक्रमहरू जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीको संयोजकत्वमा भएको कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय, जनस्वास्थ्य कार्यालय, त्रिशूली अस्पताल, सुरक्षा निकाय तथा जिल्लाभित्र क्रियाशील योग सम्बन्धित विभिन्न संघसंस्थाहरूको समन्वय र सहकार्य रहेको थियो ।

समितिको आयोजनामा शुक्रबार असार ५ गते विदुर नगरपालिकाको बट्टारस्थित भिमसेन मन्दिर परिसर तथा ढुङ्गेधारा सरसफाइ कार्यक्रम गरिएको थियो । उक्त दिन ११ जना रक्तदाताहरूले रक्तदान गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले योगलाई दैनिक जीवनको अभिन्न अंग बनाएर स्वस्थ वृद्धावस्था सुनिश्चित गर्न सकिने बताए । विश्व योग दिवसको अवसरमा नुवाकोटमा गरिएका यी कार्यक्रमले स्थानीय स्तरमा योगप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ