+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा मेरो स्वास्थ्य मेरो जिम्मेवारी

My health is my responsibility in Nuwakot
डबली खबर
४ मिनेट अगाडी

असार २, नुवाकोट । “मेरो स्वास्थ्य मेरो जिम्मेवारी: एक घण्टा मेरो लागि” अभियान अन्तर्गत नुवाकोटमा स्वस्थ पदयात्रा तथा स्वास्थ्य सम्बन्धी सिकाई कार्यक्रम भएको छ ।

नागरिकहरूमा स्वास्थ्यप्रतिको चेतना जगाउने र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ सामूहिक हिँडाइ, योग तथा विभिन्न स्वास्थ्यमूलक क्रियाकलापहरू आयोजना गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख डा. अञ्जु कार्कीले जानकारी दिईन्  ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रमसिंह ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख बिपिन रेग्मी, त्रिशुली अस्पतालका निर्देशक डा. राजेन्द्र लामा, आयुर्वेद तथा वैकल्पिक चिकित्सक डा. नरेन्द्रप्रसाद गिरी, नेपाल रेडक्रस सोसाईटी नुवाकोटका सभापति हरि श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ