२२ जेठ, नुवाकोट । किस्पाङ गाउँपालिका-४ साल्मेका सिपबहादुर तामाङले दोस्रो पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन्।
ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा सक्रिय तामाङले आफ्नो साहस, मेहनत र दृढ संकल्पलाई निरन्तरता दिँदै सगरमाथाको आरोहण गर्न सफल भएका हुन्।
२७ वर्षीयकै उमेरमै दुईपटक विश्वको सर्वोच्च शिखर चुम्न सफल तामाङको यो उपलब्धिले नुवाकोट मात्र नभई समग्र देशकै गौरव बढाएको छ।
ट्रेकिङ व्यवसायसँग आबद्ध तामाङले आफ्नो अनुभव र लगनशीलताका कारण पर्वतारोहण क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन्।
तामाङले पहिलोपटक गत वर्ष जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेका थिए।
प्रतिक्रिया