+
Search

ताजा अपडेट +

पपुलर +

ट्राफिक सप्ताह: ३७ चालकको स्वास्थ्य परीक्षण, १३ जनामा समस्या

Traffic Week in Nuwakot, 37 drivers undergo health check-ups, 13 have problems
डबली खबर
६ मिनेट अगाडी

३१ वैशाख, नुवाकोट । ट्राफिक सप्ताहअन्तर्गत तेस्रो दिन ३७ जना चालकहरूको स्वास्थ्य परीक्षण तथा विभिन्न ट्राफिक सचेतना कार्यक्रम गरिएको छ।

जिल्ला ट्राफिक कार्यालय नुवाकोट र त्रिशूली अस्पतालको समन्वयमा १३ जना चालकहरुको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रमुख विनोद ढकालले जानकारी दिए ।

परीक्षणमा ६ जनाको आँखा कमजोर, ४ जनाको उच्च रक्तचाप र ३ जनाको रगतमा चिनीको मात्रा बढी (उच्च मधुमेह) देखिएको त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए । समस्या देखिएका चालकहरूलाई तत्काल आवश्यक परामर्श दिइएको र थप उपचारका लागि अस्पताल जान सुझाव दिइएको उनले बताए ।

स्वास्थ्य समस्याले सवारी दुर्घटनाको जोखिम बढाउने भएकाले नियमित स्वास्थ्य जाँचलाई प्रोत्साहन दिन कार्यक्रम सञ्चालन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

साथै, विद्यार्थीहरूलाई ट्राफिक सचेतना कक्षा सञ्चालन र विभिन्न सवारीसाधनहरूमा स्टिकर टाँस गरिएको छ ।

चालुआर्थिक वर्षमा नुवाकोटमा सडक दुर्घटनाबाट १४ जना मानिसहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ