२ वैशाख, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आर्थिक वर्ष २०८२/८३ को चैत्र महिनाको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
चैत्र महिनामा जिल्ला प्रशासन कार्यालयबाट ३८१ जनाले वंशजको आधारमा नयाँ नागरिकता प्राप्त गरेका छन् । यसैगरी ७७६ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । गैर-आवासीय नेपाली नागरिकता लिनेको संख्या ३ रहेको छ ।
राहदानी शाखातर्फ ६८७ जनाले नयाँ आवेदन फारम भरेका छन् । यस्तै, ८४६ थान राहदानी फाराम भरेक सेवाग्राहीलाई वितरण गरिएको छ । राहदानी दस्तुर बापत मात्रै कार्यालयले ७२ लाख ९५ हजार ५०० रुपैँया राजस्व संकलन भएको छ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले चैत्र महिनामा १ हजार ७३८ जनाको व्यक्तिगत विवरण संकलन गरेको छ । जसमा ३८८ जनालाई परिचयपत्र वितरण गरेको छ ।
प्रशासन शाखाले यस अवधिमा ३६ वटा नाबालक परिचयपत्र बनाएको र ५१ वटा विस्फोटक पदार्थ इजाजत पत्र नवीकरण गरेको तथ्याङ्क छ ।
यस्तै, हातहतियार इजाजत दस्तुरबाट १० हजार ४०० रुपैँया र एजेन्सी रजिष्ट्रेशनबाट १ लाख १ हजार ५०० रुपैँया राजस्व संकलन छ ।
मुद्दा शाखाका अनुसार यस महिना अभद्र व्यवहार सम्बन्धी ३ वटा र अन्य विविध १ गरी जम्मा ४ वटा नयाँ मुद्दा दर्ता भएका छन् । महिनाभरमा ९ वटा मुद्दा फछ्र्यौट भएका छन् भने ५ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् ।
प्रशासनले चैत्र महिनामा १ पटक बजार अनुगमन गरी ७ वटा पसलको निरीक्षण गरेको छ । साथै, जिल्लाका ४ वटा सरकारी कार्यालयहरूको समेत अनुगमन गरिएको प्रतिवेदनमा छ ।
प्रशासनमा ४७ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन