+
Search

ताजा अपडेट +

पपुलर +

उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्देशन

election office of Nuwakot
डबली खबर
२ महिना अगाडी

२५ फागुन, नुवाकोट । जिल्ला निर्वाचन कार्यालय नुवाकोटले उम्मेदवारलाई आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन खर्च सावर्जनिक गर्न निर्देशन दिएको हो।

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा निर्धारण

उम्मेदवारले विभिन्न माध्यम प्रयोग गरेर आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्न सकिने जनाएको छ । स्थानीय तहगतगतको कार्यपालिकाको कार्यालयको सूचना पाटी वा वडा कार्यालय वा सार्वजनिकस्थलमा टाँस गरेर वा उम्मेदवारको आफ्नो सामाजिक संजालमा सार्वजनिक गर्न सकिने भनिएको छ ।

साथै, सार्वजनिक गरेको फोटो वा स्क्रिनसट समेत प्रिन्ट गरी प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण सार्वजनिक गरेको निश्चित ढाँचामा निवेदनसहित पेस कार्यालय प्रमुख होमबहादुर थापामगरले बताए।

निर्वाचन खर्च पारदर्शी बनाउन र कानुनी व्यवस्था कार्यान्वयन गर्न यस्तो सूचना जारी गरिएको हो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ