+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन: ककनीमा सबैभन्दा धेरै मतदान

kakani rural municipality of Nuwakot
डबली खबर
१ महिना अगाडी

फागुन २२, नुवाकोट । प्रतिनिधिसभा सदस्य पदको निर्वाचन अन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को स्थानीय तहगत मतदान विवरण सार्वजनिक भएको छ।

विवरणअनुसार यस क्षेत्रका सात स्थानीय तहमा उल्लेख्य संख्यामा मतदान गरिएको छ भने ककनी गाउँपालिकामा सबैभन्दा धेरै मतदान भएको देखिएको छ।

तथ्याङ्कअनुसार ककनी गाउँपालिकामा कुल २२ हजार ५ सय ४१ मतदाता रहेकोमा १३ हजार ३ सय ४ जना मतदाताले निर्वाचनमा मत प्रयोग गरेका थिए। मतदाता संख्या र मतदानमा सहभागिता दुवै हिसाबले ककनी गाउँपालिका क्षेत्र नम्बर १ भित्र अग्रस्थानमा देखिएको छ।

त्यसैगरी शिवपुरी गाउँपालिकामा २१ हजार ३ सय २३ मतदाता रहेका छन् । जसमध्ये ११ हजार ५ सय ८ जनाले मतदाताले मत प्रयोग गरेका थिए।

दुप्चेश्वर गाउँपालिकामा १७ हजार ३ सय ५५ मतदाता रहेकामा १० हजार ९३ जनाले मतदान गरेका छन्।

लिखु गाउँपालिकामा १६ हजार १ सय १९ मतदाता रहेकामा ९ हजार ५ सय ८१ जनाले मत प्रयोग गरेका थिए।

त्यस्तै पञ्चकन्या गाउँपालिकामा १५ हजार ६ सय ६५ मतदाता रहेकामा ९ हजार ४ सय ३२ जनाले मतदान गरेका छन्।

तादी गाउँपालिकामा १५ हजार ६ सय ९ मतदाता रहेकामा ८ हजार ९ सय २ जनाले मत प्रयोग गरेका छन् भने सूर्यगढी गाउँपालिकामा १४ हजार ८ सय ४७ मतदाता रहेकामा ८ हजार ५ सय ४ जनाले मतदान गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ