१५ पुस, नुवाकोट । छहरे–टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान स्कुल नजिकै काउलीबारीमा एक विद्युतीय माइक्रोबस दुर्घटनामा परेको छ।
काठमाडौँबाट त्रिशुलीतर्फ आउँदै गरेको टिमुरे यातायात कम्पनीको बागमती प्रदेश ०२–००१ ज ०५७८ नम्बरको माइक्रोबस तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कुनै मानवीय क्षति नभए तापनि केही यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराइएको छ।
छहरे-सडकखण्डमा सवारीसाधन गति नियन्त्रणका लागि ‘टाइम कार्ड’ को व्यवस्था गरिएको भए तापनि चालकहरूले त्यसको पालना नगरेको पाइएको स्थानीय बताउँछन् ।
साँघुरो सडक र तीव्र गतिका कारण यस सडक खण्डमा पटक–पटक दुर्घटना हुने गरेको छ। हाल दुर्घटनाग्रस्त माइक्रोबसका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको र छिट्टै यातायात सुचारु गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया