११ पुस, काठमाडौं । युनिसेक्स ब्युटी सलुन फेसियल हाउसले आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ।
बिहीबार त्रिपुरेश्वरमा आयोजित विशेष समारोहमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले युनिसेक्स ब्युटी सलुन फेसियल हाउसले रोजगारी सृजना र महिलाहरूलाई आत्मनिर्भर अनि स्वरोजगार बनाउने सन्दर्भमा उदाहरणीय काम गरेको बताईन् ।
उनले २०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको, ब्युटी एकेडेमीमार्फत थुप्रै महिला दिदीबहिनीहरूलाई सिप सिकाएर दक्ष बनाउँदै स्वरोजगार बनाएको चर्चा गर्दै उक्त कार्यहरू उदाहरणीय भएको बताईन् । उनले फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा एउटा राम्रो बिजनेश प्लानर भएको पनि बताइन् । आफ्ना कर्मचारीहरूलाई उत्प्रेरित गर्न नगदसहितका अवार्डहरू प्रदान गरेकामा ‘सुनमा सुगन्ध’ थप्ने काम गरेको उल्लेख गरिन् ।
उनले मुलुकमै रोजगार र स्वरोजगार सृजना गरी कम्तिमा महिलाहरूलाई विदेश जानबाट रोक्नुपर्नेमा पनि जोड दिइन् । अहिले पनि एउटा भनेर अर्कै देशमा पु¥याएर महिलाहरूलाई बिचल्ली पारिरहेको चर्चा गरिन् ।
नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष एवम् वरिष्ठ सौन्दर्यविद कमला श्रेष्ठले निकै लामो सङ्घर्षपछि सौन्दर्य व्यवसायले उद्योगको मान्यता पाएको बताईन् । उनले नेपालको सौन्दर्य व्यवसायले उद्योगको मान्यता पाएर क्रमशः व्यवस्थित बन्दै गएको बताईन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालको नम्बर वान युनिसेक्स ब्युटी सलुन फेसियल हाउस आजदेखि तन्नेरी भएको बताए।
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) का अध्यक्ष दिनेश श्रेष्ठले सबै नेपालीले काम गरे मात्रै आय बढ्ने बताए ।
उनले व्यवसायीको हितका लागि आफूले सानै उमेरदेखि आवाज उठाउने गरेको चर्चा गर्दै नेपालमा ठूलो स्वरले कराउने हो भने मात्रै कानुन पास हुने अनुभव सुनाए । अस्थिर राजनीति र स्पष्ट कानुनको अभावका कारण मुलुकमा उद्योग–व्यवसाय सञ्चालन गर्नु धेरै समस्या रहेको उनले बताए ।
राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सानो–सानो उद्यमशीलताले रोजगारी बढाउने काम गरेको बताए । उद्यमशीलता रोजगारी सृजनाले राज्यलाई पनि सहयोग पुगिरहेको चर्चा गर्दै उनले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । उनले देशमा उद्यमशीलता विकास गर्न रोजगारी सृजना गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया