+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थी दुर्घटना बीमा दाबी भुक्तानी वितरण

Bidur Municipality distributes student accident insurance claim payments
डबली खबर
५ महिना अगाडी

८ पुस, नुवाकोट । विदुर नगरपालिकामार्फत् सञ्चालनमा रहेको विद्यार्थी दुर्घटना बीमा कार्यक्रमअन्तर्गत बीमा दाबी भुक्तानी वितरण गरिएको छ।

मङ्गलबार नगरप्रमुख राजन श्रेष्ठले सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति तथा शिक्षक प्रतिनिधिहरूलाई सम्बन्धित बीमा कम्पनीबाट प्राप्त दाबी भुक्तानी रकम हस्तान्तरण गरेका छन् ।

विदुर नगरपालिकाले नगरभित्रका ५४ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कुल ८ हजार ३३१ जना विद्यार्थीलाई उक्त दुर्घटना बीमा कार्यक्रममा समेटेको छ।

कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिकाका ९ जना बिमित विद्यार्थीले दुर्घटना बीमाबापतको दाबी भुक्तानी प्राप्त गरेका छन् ।

बीमा दाबी भुक्तानी विवरणअनुसार विभिन्न विद्यालयका विद्यार्थीले नेको इन्सुरेन्स लिमिटेड, शिखर इन्सुरेन्स लिमिटेड तथा हिमालन एभरेष्ट एस्योरन्स लिमिटेडमार्फत बीमा रकम प्राप्त गरेको जनाएको छ ।

नगरप्रमुख श्रेष्ठले विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राख्दै नगरपालिकाले जोखिम न्यूनीकरणका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको बताए । उनले विद्यार्थी दुर्घटना बीमा कार्यक्रमले अभिभावक, विद्यालय र विद्यार्थीहरूलाई थप सुरक्षा र भरोसा प्रदान गरेको उल्लेख गरे ।

विदुर नगरपालिकाले आगामी दिनमा पनि विद्यार्थीमैत्री तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ