+
Search

ताजा अपडेट +

पपुलर +

‘निःशुल्क सर्भिस क्याम्प’ हुँदै

free service camp in Trishuli Nuwakot
डबली खबर
५ महिना अगाडी

२१ मङ्सिर, विदुर । नुवाकोट ई–सर्भिसिङ सेन्टर प्रालिले यहि मङ्सिर २६ गतेदेखि २८ गतेसम्म निःशुल्क सर्भिस क्याम्प (शिविर) सञ्चालन गर्ने भएको छ।

तीन दिनसम्म सञ्चालन हुने उक्त शिविरमा विद्युतीय सवारीसाधन सम्बन्धी सेवा तथा सामग्रीमा विशेष छुट उपलब्ध गराइने कम्पनीका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।

शिविरका अवसरमा ग्राहकले सर्भिस, सफाईदेखि आवश्यक पार्टपुर्जा खरिद तथा मर्मतसम्भारमा महत्वपूर्ण छुट पाउनेछन् । पार्टपुर्जामा १० प्रतिशत, सर्भिस सामग्रीमा १५ प्रतिशत, सफाई सेवामा ४० प्रतिशत तथा श्रम शुल्कमा ५० प्रतिशतसम्म छुटको व्यवस्था छ।

ग्राहक आकर्षणका लागि उपहार वितरण तथा अन्य थप अफर पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ