+
Search

ताजा अपडेट +

पपुलर +

कामना सेवा विकास बैंकको खुद नाफा १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ

KSBBL Building
डबली खबर
६ महिना अगाडी

१६ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १२.९२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा पनि बढ्न पुगेको हो ।

एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.०६ प्रतिशतले बढेर ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, सञ्चालन नाफा १०.८६ प्रतिशतले बढेर २८ करोड ४६ लाख २८ हजार रुपैयाँ पुगेको छ ।

यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी ५३ पैसाले बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ३१ पैसा छ ।

असोज मसान्तसम्म आइपुग्दा यसको खराब कर्जा ४.४१ प्रतिशत छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ