३१ असोज, नुवाकोट । सुजिम बजारले ग्राहक सहजताको लागि नि:शुल्क होम डेलिभरी सुविधा सुरु गरेको छ ।
केही महिनायता परीक्षणका क्रममा रहेको यो सेवाबाट अब विदुर नगरपालिकाका शहरी क्षेत्रहरु २६ स्थानहरुमा सामान डेलिभरी सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।
सस्तो मूल्यमा छिटो डेलिभरी नारासहित हाललाई यो सुविधा नगरपालिकाका देवीघाट, बट्टार, गेर्खु, राईसिङलगायतका स्थानहरुमा रहेको छ।
कम्पनीका अनुसार ग्राहकले न्युनतम नौ सय ९९ रुपैँया भन्दा बढीको सामान खरीद गर्दा उक्त स्थानका ग्राहकहरुले सामान नि:शुल्क डेलिभरी सेवा लिन सक्नेछन् ।
कम्पनीका अनुसार ग्राहकले सामान खरिद गरेर घर, कार्यालय वा व्यवसायमा उक्त सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया