+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ नोट छाप्दै

Nepal Rastra Bank 180 panorama view
डबली खबर
७ महिना अगाडी

२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ ५० अङ्कका नयाँ नोट छाप्ने भएको छ ।

बैंकले ४२ करोड थान बैंक नोटहरूको डिजाइनिङ, मुद्रण, आपूर्ति र डेलिभरीको कामका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ ।

मुद्रा व्यवस्थापन विभागले चाइना ब्यांकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई यो ठेक्का प्रदान गर्ने जानकारी दिएको छ । यो ठेक्का अन्तरराष्ट्रिय बोलपत्र अन्तर्गत भएको हो।

कम्पनीको बोलपत्र मूल्य लगभग १० करोड ४२ लाख डलरबराबरको थियो ।

यसअघि पनि नेपालले चिनियाँ कम्पनीसँग विभिन्न नोट छाप्ने ठेक्काहरू गरेको इतिहास छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ