+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा शनिबार विद्युत आपूर्ति बन्द हुने

no electricity symbol
डबली खबर
७ महिना अगाडी

१० असोज, नुवाकोट । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले चौघडा सबस्टेसनअन्तर्गत मर्मत–सम्भार कार्य हुने भएकाले शनिबार विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

प्राधिकरणका अनुसार भोलि असोज ११ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेर ३० मिनेटसम्म विद्युत आपूर्ति बन्द रहनेछ।

विद्युत आपूर्ति बन्द हुने स्थानहरूमा शिवपुरी र तादी गाउँपालिकाका सबै वडा, लिखु गाउँपालिकाको वडा नम्बर ४, ५ र ६, पञ्चकन्या गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ तथा सुर्यगढी गाउँपालिकाको वडा नम्बर १ रहेका छन्।

तोकेको समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा विद्युत आपूर्ति चाँडै सुरु हुने प्राधिकरणले जनाएको छ।

नुवाकोट वितरण केन्द्रले यस कारण पर्न जाने असुविधाप्रति उपभोक्ताहरूप्रति क्षमायाचना गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ