+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीमा बेवारिसे लासको पहिचान

Identification of dead bodies
डबली खबर
७ महिना अगाडी

१० असोज, नुवाकोट । बेलकोटगढी नगरपालिका–५, कोल्पुटारस्थित त्रिशुली नदि किनारमा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाका अनुसार मृतक विदुर नगरपालिका–८ माझिगाउँका ६५ वर्षीय ठुला कान्छा माझी हुन् ।

बिहीबार बिहान करिब ११ बजे स्थानीयले नदि किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थलको अनुसन्धान गरेर शवलाई पोष्टमार्टमका लागि त्रिशूली अस्पताल पठाएको जनाएको छ । मृतक माझी दुई दिनदेखि परिवारको सम्पर्कमा नरहेको खुलेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ