+
Search

ताजा अपडेट +

पपुलर +

उपप्रमुखद्वारा वडा कार्यालय निरीक्षण

deputy mayor prabha bogati
डबली खबर
७ महिना अगाडी

२९ भदौ, नुवाकोट । विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले ढुंगेमा रहेको १ नम्बरको वडा कार्यालयको निरीक्षण गरेकी छिन् ।

गत भदौ २४ गते जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका क्रममा वडा कार्यालय तोडफोड भएकोमा उपप्रमुख प्रभा बोगटीले आज स्थलगत निरीक्षण गरेकी हुन् ।

उपप्रमुख बोगटीले वडा कार्यालय तोडफोड हुदाँ पनि नागरिकको सेवा प्रवाह नरोकिने बताईन् ।

कम्प्युटर, फर्निचर, सिसिटिभी क्यामेरालगायतका सामग्री तोडफोड हुनुको साथै कार्यालयका महत्वपूर्ण कागजपत्र पनि च्यातिएको वडा अध्यक्ष लेनिन रञ्‍जितले जानकारी दिए ।

प्रदर्शनकारीहरुले कार्यालयका फर्निचर, कागजातहरु सडकमा लगेर समेत आगजनी गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ