+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा कर्फ्यू आदेश

DAO Nuwakot Office Building
डबली खबर
८ महिना अगाडी

२५ भदौ, विदुर । नुवाकोटमा पनि कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले अाज एक सूचना जारी गर्दै आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेकाे छ ।

जेन-जी आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाटका घटना गरिरहेको हुनाले व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको कर्फ्यू अादेश जारी गरेको जनाएको छ ।

यसअघि नेपाली सेनाले देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी देशभर कर्फ्यू आदेश जारी गरेको थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ