+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल वितरक सङ्घको अध्यक्षमा प्रेमहरि मैनाली

Premhari Mainali elected as President of Nepal Distributors Association
डबली खबर
९ महिना अगाडी

१४ भदौ, काठमाडौं । नेपाल वितरक सङ्घको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध भएका छन् ।

सङ्घको शनिबार भएको २४औं साधारणसभा तथा अधिवेशनले मैनालीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्षमा केशवप्रसाद मैनाली, महासचिवमा गणेशप्रसाद तिमिल्सिना, सचिवमा अशोक कुमार कँडेल, कोषाध्यक्षमा दिनेशमणि रिसाल र सहकोषाध्यक्षमा रमेश प्रजापती निर्वाचित भएका छन् ।

सङ्घको कार्यसमिति सदस्यमा विनोद अधिकारी, भोजप्रसाद फुयाल (उमेश), दिपक घिमिरे, कपिल रेग्मी, निलकण्ठ ढकाल, रामप्रसाद ढकाल, फणिन्द्र खड्का (विकास), रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रविण कुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजू निर्वाचित भएका छन् ।

निबर्तमान अध्यक्ष रामहरि घिमिरे पदेन सदस्य रहनेछन् ।

प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा तथा निबर्तमान अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ