२६ असार, नुवाकोट । सरकारले सुनमा दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरहरूमा १३ प्रतिशत भ्याट लगाएको विरोधमा नुवाकोटका सुनचाँदी व्यवसायीहरूले दैनिक विरोध र्याली र खबरदारीसभा आयोजना गरिरहेका छन्।
नुवाकोट सुनचाँदी व्यवसायी सङ्घले सुन र हिरामा लगाइएको करको विरोधमा बुधबार बट्टार बजारदेखि त्रिशूलीबजारसम्म मोटरसाइकल र्याली निकालेका हुन् ।
सङ्घ र नेपाल सुनचाँदी शिल्प व्यवसायी सङ्घ र्याली बट्टारदेखि सदरमुकाम विदुर, त्रिशूली, कोलनीहुँदै सङ्घको कार्यालय त्रिशूलीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सुनमा लगाएको दुई प्रतिशत विलासिता कर खारेज गर, बहुमूल्य हिरा पत्थरमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर, सुनचाँदी भन्सार दर नेपाल र भारतमा समान रूपमा कायम गरजस्ता प्ले कार्डसहित व्यवसायीले मोटरसाइकल र्याली गरेका हुन् ।
आर्थिक वर्षको विधेयकले व्यवसायलाई थप संकटमा पार्ने भएकोले नुवाकोटका सुनचाँदी व्यवसायीले करको विरोधमा एक महिनादेखि पसल नै बन्द गरेर प्रदर्शनीमा छन् ।

प्रतिक्रिया