+
Search

ताजा अपडेट +

पपुलर +

विदुरको बजेट पारित

डबली खबर
१० महिना अगाडी

२० असार, नुवाकोट । विदुर नगरपालिकाको १७औं नगरसभा दुईपटकसम्म स्थगित भएपछि आज भएको तेस्रो बैठकले बजेट पारित गरिएको छ ।

असार १० गते सबै पालिकाहरूले प्रत्येक आर्थिक वर्षमा सञ्चालन गर्ने योजना तथा कार्यक्रमको नीति कार्यक्रम र बजेट ल्याइ सक्नुपर्छ । यद्यपि, नगरपालिकाको दोस्रो बैठकले नीति तथा कार्यक्रम मात्र पारित गरेको थियो ।

विदुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब १३ करोड ८१ लाख ४३ हजार बजेट पारित गरेको छ । नगर सभाले उपप्रमुख प्रभा बोगटीले प्रस्तुत गरेको बजेट पारित गरेको हो । 

नगरपालिकाको प्रशासकीय भवनको अण्डरग्राउण्डमा भएको तेस्रो बैठकले उक्त बजेट पारित गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ