+
Search

ताजा अपडेट +

पपुलर +

नगर उपप्रमुखद्वारा भत्सर्ना

bidur municipality deputy mayor prabha bogati photo by Sunil Shrestha
डबली खबर
१० महिना अगाडी

११ असार, नुवाकोट । नगरसभामा सदस्यहरूले देखाएको व्यवहारप्रति विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले आफ्नो सामाजिक सञ्जालमार्फत् भत्सर्ना गरेकी छिन्।

उनले लेखिकी छिन्, “विदुर नगरपालिकाको आगामी वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्दै गर्दा एमालेबाट निर्वाचित नगर सभा सदस्य ज्युहरुको अशोभनीय व्यवहारको भत्सर्ना गर्दछु । आजको सभामा बजेट पेश गर्ने र २० गतेको नगर सभामा छलफल र समझदारीबाट बजेट पास गर्ने समझदारी विपरित गरिएको आजको व्यवहारले सभामा एमालेको बहुमत छ भन्ने दम्भले काम गरेको हुनुपर्छ ।”

विदुरमा आयोजित विदुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुतिमा बैठकभन्दा फरक बजेट प्रस्तुत गरिएकोले विरोध जनाएको विदुर नपा-२ का अध्यक्ष दिपक कायस्थले बताए ।

बजेटको आयव्यय पढ्ने त्यसपछि नपढ्ने भनि पूर्वसहमति जनाएका उपप्रमुखले उक्त विरोधलाई व्यक्तिगत लिएर सामाजिक सञ्जालमार्फत् भत्सर्ना गरेकी स्रोतले जनाएको छ ।

अब सातौँ नगरसभाको तेस्रो बैठक आगामी असार २० गते हुने नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ