+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिका बजेटविहीन

bidurmunicipality-office-rd-map
डबली खबर
१० महिना अगाडी

१९ असार, नुवाकोट । तोकिएको समयसीमा भन्दा १० दिन हुदाँ पनि विदुर नगरपालिकाले बजेट ल्याउन सकेका छैनन् ।

पुरानो नगरपालिकाको नाममा कथित विदुरमा बहुमत–अल्पमतको संघर्ष र वडाध्यक्षहरूको अवरोधका कारण बजेट आउन नसकेको हो । यसले गर्दा विदुर नगरपालिकामा बजेट शून्यताको अवस्था निम्तिएको थियो ।

नगरसभाको १७औं बैठक दुई पटकसम्मको स्थगति भएको थियो ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० भित्र गाउँ तथा नगरसभा सम्पन्न गरी बजेट ल्याइसक्नुपर्छ । त्यसैगरी गाउँ तथा नगर कार्यपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नगरपालिकाले भोलि असार २० गते नगरसभाको १७औं नगरसभाको तेस्रो बैठक बोलाएको छ।

विदुर नगरपालिकाले बेरुजु अनियमित रहेको शिर्षक फछर्यौट गर्ने – Dabali Khabar

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ