+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीलाई ल्यापटप

डबली खबर
९ महिना अगाडी

१८ असार, नुवाकोट । किस्पाङ गाउँपालिकाले एसइई परीक्षामा सहभागी भई उत्कृष्ट अङ्क ल्याउने सात जना विद्यार्थीहरुलाई सम्मान एवम् पुरस्कृत गरेको छ।

गाउँपालिकामा आयोजित एक कार्यक्रममा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले ती उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान एवम् पुरस्कृत गरेका हुन् । विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि पुरस्कारसहित सम्मान गरेको उनले बताए ।

गाउँपालिकाले एसईई परीक्षामा ४ जिपिए ल्याउने बसन्त भट्टलाई ल्यापटप प्रदान गरेको छ । किस्पाङ गाउँपालिका-२ सातदोबाटोस्थित ज्ञानज्योती माध्यमिक विद्यालयबाट परीक्षामा सहभागिता जनाएका थिए ।

यसैगरी परीक्षामा ३.९ जिपिए ल्याउने दुई जनालाई १० हजार र ३.६ जिपिए ल्याउने ४ जनालाई जनही ५/५ हजार नगद रकम प्रदान गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ