+
Search

ताजा अपडेट +

पपुलर +

बसको ठक्करबाट एकको मृत्यु

Accident
डबली खबर
११ महिना अगाडी

१ असार, नुवाकोट । विदुर नगरपालिका–१ ढुङ्गेमा आज बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा किस्पाङ गाउँपालिका–५ शान्तिबजारकी अम्बिका भट्ट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए ।

गल्छि त्रिशुली सडकखण्डको ढुङ्गेमा रसुवातर्फ जाँदै गरेको ना ४ ख ४८४ नम्बरको यात्रुबाहक बसले बिहान करिब ११ बजेर ३० मिनेटमा पैदल हिँडिरहेका भट्टलाई ठक्कर दिँदा उनी सख्त घाईते भएकी थिईन् ।

घाईते अवस्थामा उद्दार गरी उपचारको लागि त्रिशूली अस्पताल पठाईएको र थप उपचारको लागि ग्रीनसिटी अस्पताल काठमाडौंमा पठाईएकोमा उपचारको क्रममा दिउँसो करिब २ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक लामाले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ