+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिलालाई सीप विकास तालिम, ४७ जना महिलालाई प्रशिक्षण

महिलालाई सीप विकास तालिम, ४७ जना महिलालाई प्रशिक्षण
डबली खबर
१० महिना अगाडी

२४ जेठ, विदुर । उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले ४७ जना महिलाहरुलाई सीपमूलक तालिम दिएका छन् ।

महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने र आर्थिकरुपमा सशक्तिकरण गर्ने उद्देश्यले विदुर नगरपालिकाका महिलाहरुलाई सिलाई कटाई, ब्युटीपार्लर र गुडिया बनाउने तालिम दिइएको कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए । तालिममा नगरपालिकाको १ नम्बर वडाका स्थानीय महिलाहरुलाई सीप विकास तथा उद्यमशीलतासम्बन्धी तालिम दिएको उनले बताए ।

तालिम अवधिमा महिलाहरुले व्यवसायी रुपमा कार्य गर्न सक्ने गरी ११ जना दुई महिने सिलाई कटाई, १२ जनाले ब्युटीपार्लर र १४ जना महिलाहरुले सजावटमा प्रयोग गरिने गुडियाका प्रकारहरु बनाउन सिकेका छन् ।

तालिम समापनमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, १ नम्बरका वडा अध्यक्ष लेनिन रञ्‍जितले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरका थिए ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख बोगटी, वडा अध्यक्ष रञ्‍जितलगायतले महिलाहरु आर्थिकरुपमा आत्मनिर्भर र सक्षम भएमा समग्र नगरपालिका समृद्धितर्फ लम्कने बताएका छन्। सीप विकास तथा उद्यमशीलतासम्बन्धी तालिमपश्चात् सीपको उचित प्रयोग हुनुपर्ने बताए ।

तालिममा नानु गुरुङले सिलाई कटाई, सुमिना महर्जनले ब्युटीपार्लर र रजनी थापामगरले गुडिया बनाउने प्रशिक्षण दिएकी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ