+
Search

ताजा अपडेट +

पपुलर +

योग भवन उद्घाटन

yoga building
डबली खबर
११ महिना अगाडी

३ जेठ, नुवाकोट । विदुर नगरपालिका–२ स्थित धनेश्वर राधाकृष्ण महादेव मन्दिर परिसरमा विशेष योग कार्यक्रमका साथै नवनिर्मित योग ट्रष्ट भवनको आज उद्घाटन गरिएको छ ।

जीवनयोग प्रयोगशाला नुवाकोटको उक्त भवनको २ नम्बरका वडा अध्यक्ष दिपक कायस्थले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा जीवन विज्ञान परिषद्का केन्द्रीय संयोजक निर्मला केसीले योगसम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा २ नम्बरका वडा सदस्य गीता तिमिल्सिना, जीवन विज्ञानका जिल्ला संयोजक रामहरी न्याैपाने, प्रशिक्षक विन्दीया बमरेललगायतको उपस्थिति रहेको थियो ।

उक्त भवन विदुर नगरपालिकाको चालुआर्थिक वर्षको बजेट विनियोजनबाट निर्माण गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ