२१ चैत, नुवाकोट । ककनी गाउँपालिकामा फेला परेको एक घाईते मृगको उद्धार गरिएको छ ।
चैत १९ गते मङ्गलबार दिउँसो ककनी वनमा फेला परेको एउटा मृग सब डिभिजन वन कार्यालय ककनीको सहयोगमा उद्धार गरी सुरक्षित बासस्थानमा छाडेको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख रोशनी पौडेलले जानकारी दिईन् ।
सब डिभिजन कार्यालय ककनीका वन अधिकृत अरुणकुमार गुप्ताको टोलीले प्राथमिक उपचार गरी सुरक्षित बासस्थानमा छोडिएको डिभिजन वन कार्यालय नुवाकोटका सूचना अधिकारी शालिकराम भट्टराईले बताए ।
उनको अनुसार मृगलाई ककनी गाउँपालिका-४ स्थित रानीपौवाको सामुदायीक वनमा लगेर छोडिएको छ ।

प्रतिक्रिया