+
Search

ताजा अपडेट +

पपुलर +

फोनिज बागमतीमा पुनः श्रेष्ठ

yuvraj shrestha president foniji bagamati province
डबली खबर
१ साल अगाडी

३ चैत, नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ चयन भएका छन् ।

रामेछापको मन्थलीमा भएको तेस्रो महाधिवेशनबाट श्रेष्ठ पुन: अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

महाधिवेशनबाट फोनिज बागमती समितिको उपाध्यक्षमा दिलबहादुर लामा (काभ्रे), महिला उपाध्यक्षमा अनिता डङ्गोल (काठमाडौँ), महासचिवमा राजु नापित (काठमाडौँ), महिला सचिवमा निशा गुरुङ (मकवानपुर), सचिव संस्थागतमा हिरालाल गुरुङ (चितवन) र कोषाध्यक्षमा शङ्कर श्रेष्ठ (धादिङ) सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरूमा बाबुकाजी श्रेष्ठ, उद्भवकुमार श्रेष्ठ, मानकाजी तामाङ, र​त्न​काजी प्र​जाप​ती, रवि महर्जन, जर्नेल घले, तेज नाछिरिङ राई, श्यामलाल लामा र विशालराज राई चयन भएका छन् ।

यस्तै, लेखासमिति संयोजकमा अशोक सुजन श्रेष्ठ र सदस्यमा नीरबहादुर तामाङ चयन भएका छन् । अनुशास​न​ स​मिति संयोजक ज​ग​त​ तामाङ र सदस्यमा प्रदीपकुमार श्रेष्ठलाई चयन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ