२२ फागुन, विदुर। गृह मन्त्रालयले छ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
गृह मन्त्रालय सचिवालयका अनुसार नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ शशिधर घिमिरे आएका छन् ।
नुवाकोटका प्रजिअ अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।
गृह मन्त्रालयले नुवाकोटसहित बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ र ओखलढुङ्गाका लागि नयाँ प्रजिअ सरुवा गरेको हो ।
यस्तै गृहले बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोदकुमार खड्का, सङ्खुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदीलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ ।

प्रतिक्रिया