१५ फागुन, नुवाकोट । दुप्चेश्वर गाउँपालिका-६ स्थित दुप्चेश्वर महादेव मन्दिरमा शिवरात्रीका दिन भक्तजनले ९० हजार एक सय ४५ रुपैयाँ नगद भेटी चढाएका छन् ।
शिवरात्रीका दिन बिहानैदेखी साँझसम्म मन्दिरमा पुजाअर्चना गर्न आएका भक्तजनले चढाएको भेटी सोहि दिनको साँझ स्थानीय अगुवा, पुजारी र कोषका पदाधिकारीको रोहोवरमा गणना गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
मन्दिरको भेटी हरेक दिनको साँझ ५ बजे गणना हुने क्षेत्र विकास कोषले जनाएको छ ।
मन्दिरमा जिल्लाबाहेक काठमाडौं, रसुवा, धादिङ भारतबाटसमेत ठूलो संख्यामा भक्तजन आउने गर्दछन् ।

प्रतिक्रिया