+
Search

ताजा अपडेट +

पपुलर +

स्ववियू निर्वाचन चैत ५ गते

free student union election Nepal
डबली खबर
१ साल अगाडी

९ फागुन, नुवाकोट । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको उपस्थितिमा त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबीच मङ्गलबार भएको छलफलमा सो निर्णय भएको हो ।

छलफलमा स्ववियु निर्वाचनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा छलफल गर्दै चैत ५ गते निर्वाचन गर्ने निर्णय भएको हो ।

चुनावका लागि संघसंगठन समूह दर्ता गर्ने समय १९ फागुनका लागि तोकिएको छ ।

२१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

२६ फागुनमा उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यतालिका छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवैतर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ ।

सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । दुवैतर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ