९ माघ, काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदमा सुन्दर पन्थीलाई नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले मंगलबार नयाँ सीईओ पदमा पन्थीलाई नियुक्त गरेको हो ।
सीईओको लागि खुला आवेदन माग गरिएको थियो । जसमा सुन्दर पन्थीसहित प्रकाशमान बज्राचार्य, रामकृष्ण पन्थी, महेश रिमाल, रामदेव यादव, राजुनाथ खनाल, लक्ष्मण पराजुली लगायत आठ जना उम्मेदवारहरुले आवेदन दिएका थिए ।
छनौटमा महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थी परेका थिए ।

प्रतिक्रिया