७ माघ, नुवाकोट । तामाङ समुदायले यसवर्षको सोनाम ल्होछार पर्व (नयाँ वर्ष) तारकेश्वर गाउँपालिका वडा नं १ दाङसिङ गोर्खापङस्थित जब्बरे चौरमा मनाउने भएका छन् ।
सिर्जनशिल समाज सुधार युवा क्लबको आयोजनामा यहि माघ २६ गते शनिबार तामाङ सांस्कृतिक महोत्सवको रुपमा ल्होछार पर्व मनाउने क्लबका सचिव रोनिस लामा तामाङले जानकारी दिए ।
यस वर्ष मुख्य दिन (माघ २६ गते) बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले ल्होछार कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ ।
२८६१ औँ डुल ल्हो स पुख्री वर्गको अवसरमा मनाउन लागिएको बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रममा मुख्य प्रायोजक तारकेश्वर गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय रहेको छ ।
कार्यक्रममा म्हेन्दोमाया किङ सागर एस वाइबाको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
औपचारिक कार्यक्रमअघि स्थानीय क्षेत्रबाट सांस्कृतिक र्याली, झाँकीसहित सहरका विभिन्न स्थान परिक्रमा गरिनेछ ।

प्रतिक्रिया