+
Search

ताजा अपडेट +

पपुलर +

फरकधारका चित्रकारहरुको उत्पादन हुनु आवश्यक: उपप्रमुख बोगटी

डबली खबर
१ साल अगाडी

१४ पुस, नुवाकोट। विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक रुपमा धनी देशमा फरकधारका चित्रकारहरुको उत्पादन हुनु आवश्यक रहेको बताएकीछिन् ।

शनिबार योङ्ग पिकासोको प्रस्तुति र ‘कलर फर पिस’ नामक संस्थाको आयोजनामा ललितपुरको पाटन संग्रहालयमा भएको अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीलाई सम्बोधन गर्दै उपप्रमुख बोगटीले बालचित्रकारहरुको क्षमताले भविष्यमा नेपाली चित्रकला क्षेत्रमा विशेष योगदान गर्ने भनाई व्यक्त गरिकी हुन् ।

चित्रकलामा विदुर नगरपालिकाका १ नम्बरका वडाअध्यक्ष लेलिन रञ्जित, २ नम्बरका वडाअध्यक्ष दिपक कायस्थ, प्रतिभा समाजका अध्यक्ष बज्रराज बज्राचार्य, पाटन संग्रहालयका सूचना अधिकृत सुरेश लाखे आदिको उपस्थिति रहेको थियो ।

उक्त प्रदर्शनीमा नेपाल, बंगलादेश, भारतलगायत १३२ देशका ५४ जना बालचित्रकारहरुको चित्रहरु राखिएको छ ।

प्रदर्शनको सहआयोजकको रुपमा सहयात्रा तथा पाटन संग्रहालय रहेको उक्त तीन दिने उक्त प्रदर्शनीलाई “योङ आर्टिस फ्रम द वल्र्ड, इन्टरनेशनल आर्ट एक्जिविसन २०२४” नाम दिइएको छ ।

प्रदर्शनीमा ५ बर्षदेखी १५ बर्ष उमेर समूहका चित्रकारहरुलाई समावेश गरिएको छ ।

प्रदर्शनी आगामी पुस १५ गते सोमबारसम्म चल्नेछ ।

पुस्तक विमोचन गर्दै उपप्रमुख बोगटी । तस्वीर : निदेश श्रेष्ठ

बालचित्रकारहरुको भावना समेटिएको बालसमिक्षात्मक पुस्तक पङ्खफुका पन्छीको उपप्रमुख बोगटीले विमोचन गरेकी छिन् ।

योङ पिकासोमा अध्ययन गरिरहेका १५ जना बालचित्रकारहरुको चित्रसँग सम्बन्धित विषयलाई समेटी साहित्यकार सोमनाथ दाहालले विभिन्न समयमा लेखन र सम्पादन रहेको उक्त पुस्तक प्रकाशन गरिएको हो । पुस्तकमा बालचित्रकारहरुको चित्रसम्बन्धी ज्ञान र चित्र कोर्ने योजनाका विषयमा विश्लेषण गरिएको उक्त पुस्तकमा ६ बर्षदेखी १५ बर्षसम्मका बालचित्रकारहरुको विषयलाई समेटिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ