+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पताललाई सामाग्री सहयोग

samriddhi cooperative and trishuli church handover blanket, chair and table to trishuli hospital
डबली खबर
१ साल अगाडी

९ पुस, नुवाकोट । समृद्धि ऋण तथा बचत सहकारी संस्था र त्रिशुली एजी चर्च दिदीबहिनी सङ्गति समूहले त्रिशूली अस्पताललाई सामाग्री सहयोग गरेको छ ।

आईतबार एक कार्यक्रमकाबीच समृद्धि ऋण तथा बचत सहकारी संस्था र त्रिशुली एजी चर्च दिदीबहिनी सङ्गति समूहको तर्फबाट सेल्बोन तामाङले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी, अस्पताल निमित्त निर्देशक डा. राजेन्द्र लामालाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले उक्त सामाग्रीले अस्पतालको प्रसुति कक्ष वार्डको सेवामा थप टेवा पुग्ने बताए ।

सहकारी संस्था र त्रिशुली एजी चर्चले अस्पताललाई १४ थान ब्ल्याङ्केट, २० वटा कुर्ची र दुईवटा टेबल सहयोग उपलब्ध गराएको सङ्गति समूहका सेल्बोन तामाङले जानकारी दिए ।

अस्पतालले प्रसुति कक्ष वार्डलाई व्यवस्थित गर्न सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सहयोग गरिएको तामाङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ