९ पुस, काठमाडौँ । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधि सातौं पटक संशोधन गर्दै नयाँ व्यवस्थाहरू सार्वजनिक गरेको छ ।
बैंकले मौद्रिक नीतिका उद्देश्य प्राप्त गर्ने, वित्तीय स्थायित्व कायम राख्ने र वित्तीय बजारमा ब्याजदरको स्थिरता सुनिश्चित गर्न यस कार्यविधिमा सुधार गरेको हो।
संशोधित कार्यविधिमा बैंकले विगतमा देखिएका कमीकमजोरीलाई सम्बोधन गर्दै नयाँ मापदण्ड र प्रावधानहरू समेटेको छ। खुला बजार कारोबार सञ्चालनका लागि आवश्यक उपकरणहरूको प्रयोग र तरलता व्यवस्थापनलाई थप व्यवस्थित गर्न यो कदम चालिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
संशोधित कार्यविधिमा गभर्नरको स्वीकृति पाएको खण्डमा मात्र कार्यविधि लागू हुने व्यवस्था गरिएको छ ।
खुला बजार कारोबारलाई प्रभावकारी बनाउँदै आर्थिक क्षेत्रमा सन्तुलन कायम राख्न राष्ट्र बैंकको यो प्रयास महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया