+
Search

ताजा अपडेट +

पपुलर +

कान्तिपुर फर्मास्युटिकल्सले सेयर निष्कासन गर्ने

kantipur pl anual general meeting
डबली खबर
१ साल अगाडी

९ पुस, काठमाडौँ । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको प्रथम वार्षिक साधारणसभा धुलिखेलमा सम्पन्न भएको छ।

अध्यक्ष हेमराज बडालको अध्यक्षतामा भएको सभाले गत आर्थिकवर्ष २०८०/०८१ लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको कुल चुक्ता पुँजीको १४.८६ प्रतिशत सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समिति सदस्यहरुका रूपमा सुना सुवेदी, नवराज पौड्याल, अनिश बडाल, दिवेश थापा निर्बिरोध निर्वाचित गरेको छ । यसैगरी स्वतन्त्र सञ्चालकमा निरज कार्की नियुक्त भएका छन् ।

नवनिर्वाचित सञ्चालकहरुलाई निर्वाचन अधिकृत अधिवक्ता गणेश सिग्देलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ