२३ मङ्सिर, नुवाकोट । किस्पाङ गाउँपालिका-१ भाल्चेमा आमासहित दुई नाबालक बच्चा एकै स्थानमा मृत फेला परेका छन् । डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको नुवाकोट प्रहरीले जनाएको छ ।
भाल्चेको नुचेतमा २३ वर्षीया चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
आइतबार बिहान ९ बजेको समयमा उनीहरु मृत फेला परेका हुन् । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख शान्तिराज कोइरालाको नेतृत्वमा प्रहरी नायव उपरीक्षक तिलक भारतीसहितको प्रहरी टोलीले छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक भारतीका अनुसार घटना शंकास्पद, कारुणिक र गम्भीर प्रकृतिको भएकाले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया