हेटौंडा, मङ्सिर २२ । तामाङ पत्रकार सङ्घ (एटीजे)द्वारा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा सम्मानित भएका छन् ।
एटीजे बागमती (नेवा ताम्सालिङ) प्रदेश समितिको दोस्रो अधिवेशनबाट लामा सम्मानित भएका हुन् ।
तामाङ समुदायको विकास, उत्थान र परिवर्तनमा सञ्चार क्षेत्र तथा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान गरेको भन्दै रेडियो नेपालका कार्यकारी निर्देशक लामालाई नगदसहित सम्मान गरिएको एटीजे बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिए ।
यस्तै, अधिवेशनमा समन्वयकारी भूमिका निर्वाह गर्ने तामाङ पत्रकार सङ्घ मकवानपुर शाखालाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया