+
Search

ताजा अपडेट +

पपुलर +

टोखा–छहरे सुरुङमार्ग निर्माणसहित नौ बुँदे सहमति

nepal and china contract paper
डबली खबर
१ साल अगाडी

काठमाडौं, मङ्सिर १८ । नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसहित नौ बुँदे सहमति भएको छ । मङ्गलबार दुई देशबीच आठ सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि तथा विभिन्न विकास परियोजनामा आधारित सहमति भएको जनाइएको छ । सहमतिपत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदान प्रदान लगायत सहयोग र सहकार्यका विषयहरु रहेको भ्रमण मण्डलले जनाएको छ ।

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्थान गरेका हुन् ।

यी हुन् सहमतिका नौ बुँदाहरू

१) टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
२) नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
३) ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
४) भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
५) विकास योजनासम्बन्धी समझदारीपत्र
६) आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
७) नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
८) स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
९) नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप (सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ