नुवाकोट – विदुर नगरपालिका–८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने पोष्टबहादुर बोगटी स्मृति मार्ग कालोपत्रे कार्य सुरु भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले राईसिंमा आयोजित एक कार्यक्रममा कालोपत्रे कार्यको शुभारम्भ गरेका हुन् ।
पोष्टबहादुर बोगटी स्मृति मार्गले दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने सो अवसरमा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरेका थिए ।
गत जेठ १८ गते भएको सम्झौताअनुसार चार किमी सडक विस्तारका लागि १४ करोड ६१ लाख रूपैयाँमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ । सो कार्य उक्त कम्पनीले १८ महिनाभित्र सम्पन्न गर्नेछ ।

प्रतिक्रिया