विदुर – गत आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न २४२ अपराधी पक्रन सफल भएको छ। आव २०७९/०८० को तुलनामा ३९.१२% ले वृद्धि भएको प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।
बुधबार प्रहरी कार्यालयमा आयोजित प्रगति विवरण सार्वजनिक पत्रकार सम्मेलनमा प्रमुख प्रहरी कोइरालाले जिल्लामा विभिन्न घटनाका मुद्दा पनि बढेकाे बताए । आव २०७९/०८० को तुलनामा गत आवमा मुद्दा दर्ता १५ प्रतिशत, मुद्दा दर्ता फर्छौटमा २ प्रतिशतले वृद्धि र बैंकिङ कसूर मुद्दा ६७.३९ प्रतिशत वृद्धि भएको प्रमुख प्रहरी कोइरालाले जानकारी दिए।
गत आर्थिक वर्ष २०८०/८१ मा बैंकिङ कसूर मुद्दा दर्ता ४६ मा ३० ओटा मुद्दा फर्छौट गरिएको छ भने १६ मुद्दा फर्छौट हुन बाँकी रहेको छ। जसमा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ३२ जना फरार रहेको छ।
अपराधिक घटनाको ६५ प्रतिशत मुद्दा फर्छौट गर्ने लक्ष्य रहेकोमा गत आवमा ५३.७८ प्रतिशत लक्ष्य पुरा गरेको छ।
उनकाअनुसार आव २०७८/०७९ मा २११ मुद्दा दर्ता र फर्छौट भएको छ। ११७ जना पक्राउ परेको छ भने २० जना फारार रहेको छ। आव २०७९/०८० मा २५१ मुद्दा दर्ता र १३५ मुद्दा फर्छौट भएको छ। १७४ जना पक्राउ परेको छ भने ३४ जना फारार रहेको जनाएको छ। यस्तै , गत आव २०८०/०८१ मा मुद्दा दर्ता २९४ र मुद्दा फर्छौट १६४ भएको छ। २४२ जना पक्राउ परेको छ भने ५६ जना फारार रहेको उनले जानकारी दिए ।
कार्यक्रममा प्रहरी कार्यालय र कार्यालयको मातहतमा रहेका कार्यालयबाट सञ्चालन भएका गतिविधिहरु सार्वजनिक गरेको छ ।
तीनवर्षमा एक सय ९९ वटा आत्महत्या
नुवाकोटमा आत्महत्या बढ्दै गईरहेको देखिएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांकअनुसार नुवाकोटमा एक सय ९९ वटा आत्महत्या भएको छ । गत आर्थिक वर्षमा दुई प्रतिशतले आत्महत्याका घटनामा वृद्धि भएको छ।
बुधबार प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले नुवाकोटमा विष सेवनमा ४१ जना, झुण्डिएर १५२ जना र खोलामा हाम फाली ६ जनाले आत्महत्या गरेको जानकारी दिएका छन् ।
आत्महत्या गर्ने उमेर समूहमा १०-८४ उमेरका व्यक्तिहरु छन् । गत आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्कलाई हेर्ने हो भने बालबालिका ५ जना, महिला १८ जना र पुरुष ३७ जना गरी कुल ६० जनाले आत्महत्या गरेका छन् ।
प्रहरीको प्रारम्भिक बिश्लेषण आत्महत्याको कारणमा घरेलु तथा लैङ्गिक हिंसा, उदेश्यमा असफलता (प्रेम, पढाई, रोजगारी), ऋण/बोझ, गरिबी, मानसिक तथा शारिरिक अवस्था (डिप्रेसन, गम्भीर रोग, लागुऔषध/मापसे, पारिवारिक तथा सामाजिक रुपमा टाढा, क्षणिक आवेग (नैराश्यता, झगडा, मनोभावना, मनमा गुम्सिएका समस्या, सामाजिक सञ्जालको प्रभाव (ब्याकमेलिङ, इज्जत प्रतिष्ठामा आघात, ह्यारेसमेन्ट) र अन्य रहेको छ।
स्रोत: जिल्ला प्रहरी कार्यालय नुवाकोट । डबली खबर
स्रोत: जिल्ला प्रहरी कार्यालय नुवाकोट । डबली खबर
स्रोत: जिल्ला प्रहरी कार्यालय नुवाकोट । डबली खबर
सबैभन्दा बढी मुद्दा दर्ता अभद्र व्यवहार १६७), झुण्डि आत्महत्या १५२, भवितव्य ज्यान ९५, बैंकिङ कसुर ६४, जबरजस्तीकरणी ५० र सबैभन्दा कम मुद्दा दर्ता साईबर अपराध, किर्ते, व्यक्ति बेपत्ता पार्ने सम्बन्धि र घरेलु हिंसामा १/१ घटना दर्ता भएका छन् ।
त्रिवर्षिय तथ्याङ्कअनुसार नुवाकोट जिल्लामा बैंकिङ कसूर मुद्दा ६७.३९ प्रतिशतले वृद्धि भएको छ ।
सवारी तथा प्राकृतिक दुर्घटना ९.७१ प्रतिशत र दुर्घटनाबाट मृत्यु ४४.८२ प्रतिशत रहेको छ भने घाईते प्रतिशत ३३.१८ ले घटेको छ ।